Logo

वाम गठबन्धनको प्रेस मिट : प्रधानमन्त्री देउवाप्रति आक्रामक ओली, प्रचण्डले सुझाब मात्रै दिए (हेर्नुहोस् भिडियो)



२ पुष, काठमाण्डौ । एमाले–माओवादीले संयुक्त पत्रकार सम्मेलन गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुरलाई आग्रह गरेका छन् ।
देउवाले सत्ता छाड्न नमानेर अनेक बहाना देखाएकोप्रति संकेत गर्दै गठबन्धनले मार्ग खुला गर्न आग्रह गरेको हो ।
नेकपा एमाले र माओवादीबिच पार्टी एकता गरेर देशलाई स्थिर सरकार दिन प्रतिवद्ध रहेको छाँै । विज्ञप्तिमा लेखिएको थियो ।
प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गरिने विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रलाई सबल बनाउँदै राष्ट्रिय एकता र स्वाधिनतालाई मजबुत बनाउन प्रतिवद्ध रहेको दुई दलले बताएका छन् ।
निर्वाचनको प्रभावकारिताका लागि भूमिका खेल्ने संचारमाध्यम र सहज रुपमा निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग र कर्मचारीहरुलाई गठबन्धनल धन्यवाद व्यक्त गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ति एमाले नेता भिम रावलले पढेर सुनाएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले–माओवादीबिच पार्टी एकताका लागि पदीय समस्या नभएको बताएका छन् ।
विज्ञप्ति पढेर सुनाएलगत्तै पत्रकार ऋषि धमलाले पार्टी एकताको विषयमा प्रश्न गरेपछि ओलील्े पार्टी अध्यक्ष बन्नका लागि एकता आवश्यकत नभएको उल्लेख गर्दै देश र जनताको इच्छा पूरा गर्नका लागि दुई दल एक हुन लागेको बताए ।

पार्टी एकताको सन्दर्भमा आजको पत्रकार सम्मेलनको मुल मर्म नभएको बताउँदै ओलीले चुनावपछिको नतिजा मुख्य कुरा भएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता छोड्न नमानेर अनावश्यक अभिव्यक्ति दिने तथा परामर्श लिने गरेकोप्रति ओलीले आपत्ति जनाए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको अपव्याख्या गरेर समस्या सृजना गर्न खोजिएको आरोप लगाए । आफूले अविश्वासको प्रस्तावको सामना गर्दा संवैधानिक कठिनताकाबिच पनि सहजै राजिनामा दिएको स्मरण गराउँदै ओलीले देउवा सत्ता छोड्न नमानेको आरोप लगाए ।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले काम चलाउ प्रधानमन्त्री तथा काम चलाउ सरकारले संवैधानिक नियुक्तिहरु गरेकोप्रति पनि आपत्ति जनाए ।
सरकार वैधानिक भए पनि कामचाँही अवैधानिक गर्न नहुने ओलीको तर्क छ ।

राष्ट्रपतिकोमा राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश अड्किएको भन्नेहरुलाई जवाफ दिदै ओलीले सरकारले जस्तो अध्यादेश पठायो त्यस्तै पारित गर्न राष्टपति बाध्य नहुने बताए । जनमत बटुल्न सफल भए पनि आफूहरुलाई वेवास्ता गरी अध्यादेश बनाइएको भन्दै ओलीले आपत्ति जनाए ।

“खेलको बिचमा नियम बनाउने ? पहिल्यै बनाउनुपर्दैन ? खेलका नियम पहिल्यै निर्धारण हुन्छ । खेल सुरु भएपछि नियम परिवर्तन हुँदैन ।” ओलीले भने ।
“जे पायो त्यही लगेर दिने अनि राष्ट्रपतिले पारित गर्नुपर्ने ?” ओलीले प्रश्न गरे । राष्ट्रियसभा गठनका सवालमा राष्ट्रपतिले पनि संविधानको ख्याल गर्नुपर्ने भन्दै ओलील सचेत गराए ।

दुरगामी असर पार्ने कुनै पनि काम नगर्न ओलीले देउवालाई चेतावनी दिए ।
सरकार गठनपछि मात्रै राष्ट्रियसभा गठन गर्नुपर्ने ओलीको भनाई छ । अन्तराष्ट्रिय अभ्यासको उदाहरण दिदै ओलीले राष्ट्रियसभा गठनअघि सरकार गठन गर्न संवैधानिक जटिलतासमेत नभएको बताए ।

प्रतिनिधीसधाले सरकार गठन गर्ने भएकाले राष्ट्रियसभाले कुनै अवरोध नगर्ने ओलीको दाबी छ ।
ओलीले सबै मतदातालाई धन्यवाद दिदै साझा घोषणापत्रलाई अनुमोदन गरेको उल्लेख गरे । निर्वाचनका परिणामले दुई दललाई एकहुन उत्साहित बनाएको ओलीले बताए ।

प्रचण्डले ओली र आफू दुवै जना प्रधानमन्त्री भइसकेकाले कसैलाई पनि पदको लोभ नभएको बताए । ओलीको भनाई प्रति पूर्ण सहमति भएको बताउँदै प्रचण्डले भने, “धमलाले पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्ने भनेर सोध्नुभयो । ओलीजीले पार्टी अध्यक्षको कुरा गर्नुभयो । म थप्न चाहन्छु । हामी प्रधानमन्त्री पनि भइसकेका छौँ । त्यसैले जनताको चाहना समृद्धि हाम्रो प्राथमिकता हो ।”

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न गराएर राम्रो काम गरेको बताउँद अब सानातिना लोभ गरेर प्रशंसा नगुमाउन सुझाब दिए ।

पत्रकारको प्रश्नको जवाफ दिदै प्रचण्डले अहिलेको सरकार वैधानिक तर कामचलाउ भएको बताए । “सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्तिमा लोभ गर्नु गर्नुहुँदैन ।” प्रचण्डले भने । (तस्विर : मुकुन्द कालिकोटे)



प्रतिक्रिया दिनुहोस्

Screenshot