Logo

संसदीय दलमा राज गर्नका लागि समानुपातिकमा आफ्ना मान्छे खोज्दै देउवा र पौडेल



३ पुष, काठमाण्डौ । नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्नका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबिच प्रतिस्पर्धा देखिएको छ । समानुपातिकतर्फबाट आफ्नो गुटका नेतालाई सासंद बनाएर संसदीय दलमा बलियो बन्ने प्रयासमा देउवा र कोइराला छन् ।

प्रत्यक्ष निर्वाचनमा देउवा पक्षकाभन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका धेरै उम्मेदवारले जितेपछि समानुपातिकमा आफ्ना पक्षका धेरै राखेर संसदीय दलको नेता बन्ने प्रयासमा देउवा लागेका हुन् । तर देउवालाई मनोमानी गर्न नदिएर आफ्नै गुटका कोइरालालाई संसदीय दलका नेता बताउने प्रयासमा पौडेल लागेका छन् ।
नेपाली कांडग्रेसले समानुपातिकमा कम्तिमा ४० जना सासंद पाउने छ ।

जम्मा ६३ जना सांसद हुने भएपछि कांग्रेसका दुई पक्षबिचमा आफ्ना मान्छे धेरै राखेर बलियो बन्ने प्रतिस्पर्धा चलेको छ ।
अर्कोतिर प्रकाशमान पनि आफैँ ससंदीय दलको नेता बन्ने प्रयासमा छन् ।

कांग्रेसबाट ५ जना बहालवाला फूल मन्त्रीले प्रत्यक्षतर्फ चुनाव जितेका छन् । झण्डै तीन दर्जन मन्त्रीमध्ये ५ जनाले मात्रै जितेका हुन् । तिमध्ये भिमसेनदास प्रधान कृष्ण सिटौल पक्ष हुन् भने संजय गौतम, राजन केसी र प्रकाशमान सिंह पौडेल पक्ष हुन् । तर पछिल्लो समय प्रकाशमान सिंह आफै गुट बनाउन लागिपरेकाले सिंह र राजन केसी छुट्टै गुट मान्न सकिन्छ ।

चुनाव जितेका विजयकुमार गच्छादारले कसलाई साथ दिन्छन्, यकिन छैन । प्रत्यक्षमा चुनाव जितेका २३ जनामा देउवा पक्षका ८ जना, पोडेल–कोइराला पक्षको १२ जना र सिटौला पक्षको तीन जना रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot