Logo

कानुनमन्त्री यज्ञबहादुर थापा र कानुनविद् टिकाराम भट्टराईबिच चर्काचर्की, थापाले जवाफ दिन नसकेपछि हङ्गामा (भिडियोसहित)



३ पुस, काठमाण्डौ । राष्ट्रियसभा गठन पहिले कि सरकार गठन पहिले भन्ने विषयमा कानुनमन्त्री र कानुनविद्बिचमा विवाद भएको छ ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा सहभागि कानुनमन्त्री यज्ञबहादुर थापा र कानुनविद टिकाराम भट्टराईबिच सरकार गठन र राष्ट्रिय सभाका बारेमा मत बाझिएको हो ।

भट्टराईले सरकार गठन गर्ने प्रतिनिधिसभा र राष्ट्रिसभाबिच कुनै सरोकार नरहने जिकिर गरेका थिए । तर मन्त्री थापाले भने नयाँ सरकार गठनका लागि राष्ट्रियसभा पहिला गठन हुन आवश्यक रहेको कानुनी व्यवस्थाका बारमा जानकारी गराउने प्रयास गरेका थिए ।

तर भट्टराईले प्रतिवाद गर्दै कुनै पनि हालतमा राष्ट्रियसभा र सरकार गठनबिचमा सम्बन्ध नरहेन पुष्टी गर्ने प्रयास गरे ।

थापा र भट्टराईबिच राष्ट्रियसभा गठन, सरकार गठन, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश लगायतका विषमा पत्रकार ऋषि धमलाले बहस गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot