Logo

इङ्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड विजयी



काठमाडौं, ३ पुस । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई २-१ ले हरायो ।म्यान्चेस्टर युनाईटेडका लागि रोमेलु लुकाकु र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे ।

पराजित टोली वेष्ट ब्रोमका ग्यारेथ ब्यारीले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ४-० ले हरायो ।

लिभरपुलका लागि फिलिप कौटिन्हो, डेजान लोभ्रेन, मोहोमद सालाह र रोबर्टो फर्मीनोले एक-एक गोल गरे । गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ ।

समान खेलबाट ४१ अंक जोडेकाने म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ३८ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ । ३४ अंक जोडेको लिभरपूल चौथो स्थानमा उक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot