Logo

धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै बन्द



धनकुटा, ३ पुस । प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै जिल्लाबासीले सोमबार धनकुटा बन्द गराएका छन् ।

आईतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापन बुझाएका धनकुटाबासीले सोमबार बिहानैदेखि बजार बन्द गराएका छन् ।

बजारका पसल पूर्ण रुपमा बन्द छन् । धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधान चलेका छैनन् । यातायातका साधन नचल्दा धनकुटा हुँदै तराई तथा भोजपुर, संखुवासभा र तेह्रथुम लगायतका जिल्ला जाने सावारीसाधन ठप्प छन् ।

सरकारी सवारी साधान समेत बन्दकर्ताले चल्न दिएका छैनन् । सुरक्षाकर्मी सवार गाडी र एम्बुलेन्सलाई भने सहज रुपमा चल्न दिएको आन्दोलनको नेतृत्व गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताए ।

धनकुटालाई प्रदेशको राजधानी बनाउन गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) र राष्ट्रिय नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (एन प्याब्सन)ले समेत विद्यालय बन्द गरेका छन् । जाडो बिदालाई कटाएर बन्दलाई समर्थन गरेको प्याब्सन प्रदेश नं. १ का कोषाध्यक्ष नन्द न्यौपानेले बताए ।



प्रतिक्रिया दिनुहोस्