Logo

पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रको कार्यालयको बैठक शुरू



काठमाडौं, ३ पुस । निर्वाचनको समीक्षासहित सरकार र पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रको केन्द्रीइ कार्यालयको बैठक शुरू भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडांडामा बैठक सुरु भएको हो । बैठकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय सभा गठनको विवाद झिकेर नेपाली कांग्रेसले सरकार गठनमा ढिलाई गरिरहेको बेला आइतबार एमाले र माओवादी केन्द्रले पत्रकार सम्मेलन गरेका थिए ।

माओवादी केन्द्रको सोमबारको बैठकमा पार्टी एकताका बारेमा प्रक्रिया र एमालेसँग यसअघि भएका सहमति अनुसार अघि बढ्ने बिषयमा भएको प्रगतिको बारेमा समेत छलफल हुने कार्यालयले जनाएको छ । यसैगरी सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा पनि छलफल हुने छ ।बैठकमा सबैजासो शीर्ष नेता उपस्थित छन ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्