Logo

गौतमको प्रश्न : अध्यादेश राष्ट्रपतिले अड्काउने तर दोष कांग्रेसलाई लगाउने ?



४ पुस, सिँचाईमन्त्री संजय गौतमले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश पारित नगरेर राष्ट्रपतिले सरकार गठनमा अवरोध गर्न नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै कांग्रेसका नेतासमेत रहेका गौतमले छलफल गरेर नै अध्यादेश बनाइएको दाबी गर्दै राष्टपतिले रोक्न नहुने गौतमले बताए ।
अध्यादेश राष्ट्रपतिले अड्काउने तर दोष कांग्रेसलाई लगाउने गरेकोप्रति गौतमले आपत्ति जनाए ।

देशले राजनीतिक निकास पाएर नयाँ जनादेश अनुसार अघि बढ्ने बेलामा अध्यादेश अड्काएर अन्योल सृजना गर्न नहुने मन्त्री गौतमले बताए ।
गइसकेको अध्यादेश राष्ट्रपतिले अगाडि बढाउनुपर्ने भन्दै उनले सहमति र विवादका नाममा अध्यादेश परिवर्तन नगरिने स्पष्ट पारे ।

आफूहरुले निकासका लागि नै अध्यादेश राष्ट्रपतिलाई बुझाएको तर दलहरुको दबाबमा राष्ट्रपतिले स्विकृत गर्न नसकेको उनको भनाई थियो ।
“राष्ट्रपतिले त्यसलाई समयमा नै अगाडि बढाउनुपर्छ, अड्काउनु हुँदैन ।” गौतमले भने । आफूहरु प्रक्रिया पु¥याएर सत्ता छोड्न तयार रहेको बताउँदै गौतमले जनताले दिएको जनादेश स्विकार गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्