Logo

मेस्सीले थापे एकै दिनमा दुई महत्वपूर्ण अवार्ड



बार्सिलोना, ४ पुस । स्पेनिस क्लव बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले एकै दिन दुईवटा अवार्ड हात पारेका छन् ।

बार्सिलोनामा सोमबार आयोजित अवार्ड वितरण कार्यक्रममा उनलाई दुई अवार्ड प्रदान गरिएको हो । मेस्सीलाई सन् २०१६र०१७ सिजनमा स्पेनिस ला लिगा प्रतियोगितामा सर्वा्धिक गोल गरेबापत पीचीची अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै उनलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरिएको छ । सो अवार्ड ला लिगामा सिजनभर उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिन्छ ।

मेस्सीले गत सिजन ला लिगामा ३४ खेल खेल्दै ३७ गोल गरेका थिए । बार्सिलोनाकै लुइस सुवारेजले मेस्सीकोभन्दा दुई कम अर्थात् ३५ गोल गरेका थिए ।
बार्सिलोनाकै खेलाडी आन्द्रे इनिएस्टा भने स्पेनको महत्वपूर्ण खेलाडी घोषित भए । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्