काठमाडौं, ४ पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत् सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा एभर्टनले स्वान्सी सिटीलाई ३–१ ले हराएको हो ।खेलको ३५औं मिनेटमा गोल गर्दै स्वान्सी सिटीले सुरुआती अग्रता लिएको थियो । तर, त्यसपछि एभर्टनले लगातार गोल गर्दै महत्वपूर्ण जित निकालेको हो ।
जितपछि नवौं स्थानको एभर्टनको १८ खेलबाट २५ अंक भएको छ । एजेन्सीको सहयोगमा