Logo

श्रीलङ्कामा स्थानीय निर्वाचन फेब्रुअरीमा हुने



कोलम्बो, ४ पुस (रासस/सिन्ह्वा) : श्रीलङ्कामा आगामी फेब्रुअरी १० तारिखका दिन स्थानीय तहको निर्वाचन हुने भएको छ ।देशभरी रहेका ३४१ स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

श्रीलङ्का निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले निर्वाचनका लागि उम्मेदवारी दर्ता आह्वान गरिएको पत्रकारहरूलाई जानकारी दिनुभयो ।

उहाँले उम्मेदवारी दर्ताका लागि आउँदो डिसेम्बर २१ तारिखका दिनसम्म समय तोकिएको बताउनुभयो ।स्थानीय निकायलाई श्रीलङ्कामा तेस्रो तहको सरकारी निकाय मानिन्छ । त्यस बाहेक यहाँ संसद र प्रदेश परिषद् पनि रहेका छन् ।

श्रीलङ्कामा गाँउ तहमा ४ हजार ९१४ ओटा निर्वाचन क्षेत्र रहेका छन् भने ती ठाँउहरुबाट पाँच हजार ९२ जना जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् ।सन् २०१५ मा भएको संसदीय निर्वाचन पछि अहिले पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्