Logo

राष्ट्रपतिले अध्यादेश स्विकृत गर्ने दिन कुरिरहेका छौं : सरकार



काठमाडौं, ४ पुस । सरकारले राष्ट्रपति विद्या देवी भण्डारीले राष्ट्रिय सभासम्बन्धी निर्वाचनको अध्यादेश तत्काल स्विकृत गर्नुपर्ने बताएको छ ।

मंगलबार सरकारको तर्फबाट सञ्चारमन्त्री समेत रहेका प्रवक्ता मोहन बहादुर बस्नेतले राष्ट्रपति भण्डारीले अध्यादेश कहिले स्विकृत गर्ने हो भनेर आफूहरु दिन कुरेर बसिरहेको स्पष्ट पारेका छन् । उनले सरकारले सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी समेत विश्वास दिलाए ।

एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले राष्ट्रियसभालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउन खोजेको आरोप लगाईरहेको बेला सरकारले आज पत्रकार सम्मेलन नै गरेर नै उक्त आरोपको खण्डन गरेको हो ।

मन्त्री बस्नेतले प्रधानमन्त्री देउवा सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए । उनले भने,‘हामी सरकार छोड्न आँतुर छौं, तर केही दलका नेताहरुबाट आशंकित अभिव्यक्ति आउनु दुःखद छ, सरकार कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहँदैन । संवैधानिक कानुनी विधिबाट सत्ता हस्तान्तरण गर्न खोजेको हो ।’

साथै उनले यो सरकार रहँदासम्म नियुक्ति तथा सरुवा बढुवाका काम नरोकिने बताए । विगतमा पटकपटक तेस्रो दलको नेतृत्वमा सरकार बनेको स्मरण गराउँदै कांग्रेस नेता समेत रहेका बस्नेतले साथै अहिले नै कसको सरकार बन्छ भन्न नसकिने बताए । उनले भने,‘हामी सरकारमा बसिरहनुञ्जेलसम्म नियुक्तीको काम रोक्दैनौं, यो हाम्रो अधिकारको कुरा हो।’

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot