Logo

युवाहरुलाई नयाँ नेपाल हस्तान्तरण गर्न अातुर छौं : “प्रचण्ड”



पुस ४, काठमाडौं। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले युवा पुस्तालाई नयाँ नेपाल हस्तान्तरण गर्न अाफूहरु अातुर रहेकाे बताउनु भएकाे छ।

मंगलबार बिहान युवा संघ नेपालका पदाधिकारीहरुसँगकाे भेटमा अध्यक्ष प्रचण्डले एमाले र माअाेवादी केन्द्रबीच एकता हुने कुरामा जाेड दिदै भन्नुभयाे, “हामीले बाम तालमेल गरेर चुनावमा गयौं, नतिजा पनि अाशा गरेअनुसार नै अायाे। चुनावकै बेला जनताले तालमेल र पार्टी एकतालाई अनुमाेदन गरिसकेका छन्। हामी पार्टी एकतामा संकल्पवद्द छौं। युवा पुस्तालाई राजनीतिक स्थिरता, विकास र नयाँ नेपाल दिने अाेलीजी र मेराे संकल्प हाे। हामी जीवनकाे उत्तरार्धमा छौं, हामीले युवा पुस्तालाई केही नयाँ सन्देश दिने अठाेटसहित याे जाेखिम उठाएका छौं। हामीले नयाँ नेपालकाे खाका दिन्छौं।”

“पार्टी एकताकाे सैद्धान्तिक सहमति भइसकेकाे छ। अब हामी छिट्टै एकताकाे प्रक्रियामा जान्छौं, युवा पुस्तालाई अाशाकाे रक्तसञ्चार गर्नु हाम्राे दायित्व हाे, तपाईहरु पनि यसलाई सफल बनाउन एकतावद्द भएर लाग्नुस्” प्रचण्डले भन्नुभयाे।

भेटमा अध्यक्ष राजीव पहारीकाे नेतृत्वमा अाएकाे युवा संघकाे टिमले चितवन-३ बाट निर्वाचित भएकाे र देशव्यापी बाम उम्मेद्वारलाई विजयी गराएकाे भन्दै प्रचण्डलाई बधाई दिएकाे थियाे। युवा संघले अाफूहरु पार्टी एकताका पक्षमा निरन्तर उभिएकाे पनि अध्यक्ष प्रचण्डलाई स्मरण गराएकाे थियाे।



प्रतिक्रिया दिनुहोस्