Logo

प्रचण्ड र नेपाल परिवार दलका अध्यक्ष ढकालवीच भेटवार्ता



काठमाडौँ, ४ पुस । नेपाल परिवार दलका अध्यक्ष तथा वाम प्रगतिशील गठबन्धनका नेता एकनाथ ढकालले पूर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” सँग भेट गरेका छन्। प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा समसामयिक बिषयमा कुरा भएको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिए।

पूर्वमन्त्रीसमेत रहेका ढकालले केही समयदेखि राजनीतिक भेटघाटलाइ तीब्रता दिएका छन्। एमाले अध्यक्ष केपी अाेली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, पूर्व सभामुख सुवास चन्द्र नेम्वाङसँग भेट गरिसकेका ढकालले मंगलबार माअाेवादी अध्यक्ष दाहालसँग भेट गरेका हुन्।

भेटमा नयाँ सरकार गठन तथा राष्ट्रियसभा गठन सम्बन्धि अध्यादेशका विषयमा छलफल भएकाे थियाे। ढकाल नेतृत्वकाे परिवार दल याे पटक सूर्य चिन्ह लिएर निर्वाचनमा हाेमिएकाे थियाे। ढकाललाइ एमालेले समनुपातिक सूचीकाे प्राथमिकतामा राखेकाे छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot