Logo

भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग



काठमाडौँ, ५ पुस (रासस) : अखिल नेपाल भिक्षु महासंघले अर्बुद रोगबाट पीडित भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग उपलब्ध गराएको छ ।

हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका भिक्षु धर्मपाललाई महासंघका महासचिव भिक्षु कौडण्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज आर्थिक सहयोग गरेको महासंघद्वारा जानकारी दिइएको छ ।

ललितपुरस्थित शाक्यसिंह विहारमा बसोबास गर्दै आउनुभएका धर्मपालले लामो समयसम्म बौद्ध साहित्य, दर्शनको राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रचार गर्दै आउनुभएको छ । उहाँले केही समय अगाडि थाइल्याण्डमा समेत सोही रोगको उपचार गराउनुभएको थियो ।

महासंघका महासचिव भिक्षु कौडण्यले सांसारिक जीवनबाट माथि उठेका भिक्षुको उपचारमा केही सहयोग गर्ने उद्देश्यले विभिन्न भिक्षुबाट रकम संकलन गरी सो सहयोग गरिएको जानकारी
गराउनुभयो ।



प्रतिक्रिया दिनुहोस्