Logo

मन्त्री जितेन्द्र देव माओवादी केन्द्रमा प्रवेश गर्ने



काठमाडौं, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जितेन्द्र देव नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा जुटेका छन् ।

मन्त्री देव निकट उच्च स्रोतका अनुसार पार्टी प्रवेश गर्नेबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो समय लगातार भेटवार्तामा व्यस्त छन् ।

नेपाल लोकतान्त्रिक फोरममा हुँदा नि नेता देव माओवादी केन्द्रमा प्रवेश गर्ने मनशायमा थिए । तर उनले मन्त्री पद जोगाउनको लागि त्यतिवेला पार्टी परित्याग नगरेको स्रोतको दाबी छ ।

तर अहिले उनको पार्टी कांग्रेसमा विलय भएपछि उनको भूमिका त्यति नहुने बुझेपछि अहिले कांग्रेस छोडेर माओवादीमा प्रवेश गर्ने भएका हुन् । हुन त उनी पहिल्यैदेनि नै लेफ्टिस्ट हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot