Logo

राष्ट्रपति भण्डारीद्वारा ओली र प्रचण्डलाई बधाई



काठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनको कोशेढुङ्गाका रुपमा रहेको प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा सरकार, राजनीतिक दल एवं संवैधानिक निकायलाई बधाई दिनुभएको छ ।

वामगठबन्धनमा आवद्ध दुई दल नेकपा (एमाले) तथा नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वसित आज राष्ट्रपति कार्यालय शीतलनिवासमा सम्पन्न भेटमा उहाँले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई दिनुभएको जानकारीअनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले जनताको आर्थिक एवं सामाजिक उन्नतिका लागि सहमतिका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

“लोकतन्त्रको मूल्य, मान्यता र परम्परालाई राजनीतिक दलहरुले राम्रोसित बुझ्नु भएको छ । सहमति, सहकार्य र एकताका आधारमा देशमा आर्थिक समृद्धि हासिल हुनेछ” राष्ट्रपति भण्डारीले भन्नुभयो ।

राष्ट्रपति भण्डारीसँगको भेटमा नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेता सुवास नेम्वाङ तथा नेकपा ९माओवादी केन्द० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारी र उहाँहरुका वीचमा राष्ट्रियसभाको निर्वाचनसम्बन्धी आवश्यक ऐनका विषयमा समेत कुराकानी भएको बताइएको छ ।

भेटपछि नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा बधाई दिनुभएको राससलाई जानकारी दिनुभयो । उहाँले अगामी दिनमा राजनीतिक दलहरुले सहमति, सहकार्य र एकता गरी अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्