Logo

काठमाडौंको टोखामा गोली चल्दा एक महिला घाइते



काठमाडौं, ५ पुस । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् ।

घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले दिएकाे जानकारी अनुसार उनी घाँस काट्न गएको वेला गोली लागेको थियाे । स्थानीय युवकहरुले शिकार गर्ने क्रममा गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

थप अनुसन्धान भइरहेको छ ।प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्