Logo

मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने : खेलकुदमन्त्री केसी



जितपुर, कपिलवस्तु, ५ पुस  : युवा तथा खेलकुदमन्त्री राजन केसीले लामो समयको राजनीतिक आन्दोलनले पूर्णताः पाएकाले अब देशलाई तीव्र आर्थिक समृद्धितर्फ लैजाने योजना बनाउनु पर्ने बताउनुभएको छ ।

नवौँ कपिलवस्तु महोत्सवको आज जितपुर चार नम्बरमा समापन गर्दै उहाँले राणा, राजा र पञ्चायतलाई विकास विरोधीका रुपमा अब चित्रण गरेर मात्र नपुग्ने उल्लेख गर्नुभयो । अहिलेसम्म अरुलाई दोष थुपार्ने गरिएकाले अब काम गरेर देखाउनुपर्ने समय आएकोे उहाँले बताउनुभयो ।

मन्त्री केसीले राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने भन्दै खेलकुद क्षेत्रले स्वस्थ्य जनशक्ति उत्पादन, शारीरिक स्वस्थता प्रदान र देशको पहिचान स्थापित गर्न पुलको रुपमा काम गर्ने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

कपिलवस्तुमा बुद्ध रंगशालालाई जिल्लास्तरको रंगशाला बनाउन आफूले सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्