Logo

प्रधानमन्त्री देउवाले बोलाए ५ दलीय बैठक, केहीबेरमा बैठक बस्ने तयारी



७ पुस, काठमाडौं । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाल ले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक आह्वान गरेका हुन् ।

निर्वाचनबाट थ्रेसहोल्ट कटाउन सफल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी बनेका छन् । शुक्रबार बोलाइएको बैठकमा यिनै दलका शीर्ष नेता सहभागी हुनेछन् ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषय छलफलको मुख्य एजेण्डा रहेको जनाएको छ । बैठक बिहान ११ बजे बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot