Logo

चुनावपछि निरन्तर ओरालोतर्फ शेयरबजार, यो साता मात्रै ३६ अंकले घट्यो, लगानीकर्ता निराश



७ पुस, काठमाण्डौ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३६ दशमलब ९९ अंकले घटेर अन्तिम दिन १ हजार ४ सय ७२ दशमलब १५ अंकमा पुगेको छ । दोस्रो चरणको चुनावको अघिल्लो दिन बढेर बन्द भएको बजार चुनावपछि नै लगातार जस्तै ओरालो लागेको छ । सो दिन १ हजार ५ सय ३६ को बिन्दुमा रहेको बजार विहिबार (पुस ६) सम्म आइपुग्दा एक हजार ४ सय ७२ को बिन्दुमा झरिसकेको छ ।

चुनाव अगाडिको अन्तिम कारोबार मंसिर २० गते १२ अंकले बजार बढेको थियो । सो दिन १ हजार ५ सय ३६ को बिन्दुमा रहेको बजार विहिबार (पुस ६) सम्म आइपुग्दा एक हजार ४ सय ७२ को बिन्दुमा झरिसकेको छ । यो अवधिमा सबै समूहगत परिसुचकमा पनि गिरावट आएको छ । जसमध्ये बीमा समूह ५२८ अंकले घटेको छ । विकास बैंक ९८ अंकले घट्दा बैंकिङ समूह ४९ अंकले झरेको छ । त्यस्तै जलविद्युत समूह १०६ अंकले घट्दा लघुवित्त समूह ९२ अंकले घटेको छ । त्यस्तै होटल समूह ८९ अंकले, फाइनान्स १६ अंकले र अन्य समूह ३४ अंकले घटेका छन् ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीहरुको कारोबार भएको छ । साताभरी २४ हजार ६ सय ५५ कारोबारबाट दुई अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरका ५७ लाख ११ हजार ८० कित्ता सेयरहरु खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ११ दशमलब ९२ प्रतिशत कम हो । गत साता १७९ कम्पनीहरुको कारोबार हुँदा २३ हजार ७ सय २७ कारोबारबाट दुई अर्ब ९२ करोड ८३ लाख छ हजार रुपैयाँ बराबरका ५७ लाख ९५ हजार सात सय ३० कित्ता सेयरहरु खरिदबिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३६ दशमलब ९९ अंकले घटेर अन्तिम दिन १ हजार ४ सय ७२ दशमलब १५ अंकमा पुगेको छ । क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलब १३ अंकले घटेर ३ सय ९ दशमलब ९४ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम २० करोड ५० लाख ३० हजार रुपैयाँको आधारमा नेपाल दुरसंचार कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी यस साता १५ करोड १० लाख १३ हजार रुपैया बराबरको कारोबार भएर स्टान्डर्ड चार्टर्ड बैक दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा रहेको नेपाल ग्रामिण विकास बैकको १२ करोड २० लाख ७४ हजार रुपैया बराबरको कारोबार भएको थियो । यसैगरी यस साता प्राइम कमर्सियल बैकको १० करोड ६२ लाख २० हजार रुपैया बराबरको कारोबार भएर चौथौ स्थानमा रहेको छ ।

यस साता पाचौँ स्थानमा ९ करोड ६३ लाख ६० हजार रुपैया बराबरको कारोबार भएर पाचौँ स्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या तीनलाख ५९ हजार कित्ताको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १ हजार ७ य ७ वटाको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस सातापनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यस साता सूचिकरण तर्फ एनआइसि एसिया बैकको सबैभन्दा धेरै १३ करोड ३८ लाख ५ हजार १ सय ९५ कित्ताबोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ । चुनाव पछि राजनैतिक स्थायित्व आउने र नयाँ बन्ने सरकारले आर्थिक विकासका एजेण्डाहरुलाई अगाडि बढ्ने हुँदा पूँजीबजारको विकास हुने अपेक्षामा रहेका लगानीकर्ता लगातारको बजार घटाईले निराश बनेका छन् ।।



प्रतिक्रिया दिनुहोस्