Logo

ओली र प्रचण्डबीच ‘वान टु वान’ ६ घन्टा छलफल



काठमाडौं, ७ पुस । पार्टी एकताको खाका तयार गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिव ६ घन्टा वातचित गर्नुभएको छ ।

बिहीवार साँझ ७ वजेदेखि राती १ बजेसम्म ओली र दाहाल मात्रै बसेर भावी सरकार, पार्टी एकता लगायत विषयमा छलफल गर्नुभएको स्रोतले वताएको छ ।

ओली र दाहालले पार्टी एकताका लागि संयुक्त वैचारिक दस्तावेज, पार्टी एकतापछिको सांगठनिक खाका र एकताको मोडालिटीवारे समान धारणा बनाइसक्नु भएको छ । दुई नेताबीच भएको समझदारीलाई दुवै दलको बैठकमा प्रस्तुत गरी अनुमोदन गर्ने तयारी नेताहरुले गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्