Logo

पूर्वराजा शाह आगामी साता सुदुरपश्चिम जाने



काठमाडौं, ७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी साता मध्य तथा सुदुरपश्चिम भ्रमणमा जाने भएका छन् ।

केही दिनको निजी भ्रमणमा मध्यपश्चि तथा सुदुरपश्चिम जाने तय भएको पूर्व राजाका सहयोगी डा. फणीराज पाठकले जानकारी दिए । भ्रमण कुन–कुन जिल्लामा केन्द्रीत हुने हो भन्ने खुलाइएको छैन । ती क्षेत्रका प्रसिद्ध केही धार्मिकस्थलको भ्रमण हुने अनुमान गरिएको छ । साथै, केही शुभचिन्तकसँग पनि भेट गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्