Logo

स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार



मड्रिड, ८ पुस : स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल पुज्डेमोनेले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राखोेइले अस्विकार गर्नुभएको छ ।
विहीबार भएको निर्वाचनमा कार्ल समर्थीत पृथकतावादी पार्टीले अत्याधिक बहुमत ल्याएपछि स्पेन बाहिर भेटवार्ता गर्न उहाँले गरेको आग्रहलाई प्रधानमन्त्रीले शुक्रबार नै अस्वीकार गर्नुभएको हो ।

वार्ताका लागि पुज्डमोनले गरेको आग्रहका बारेमा पत्रकारले सोधको प्रश्नमा प्रधानमन्त्री राजोइले भन्नुभयो, “निर्वाचन जितेको मध्ये म एक जनालाई मात्रै भेट्न सक्छु । उहाँ आइनिस अरिमाडास हुनुहुन्छ ।”

उहाँले क्याटलोनियामा नयाँ बन्ने सरकारले पूर्ण रुपमा कानूनको पालन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँको यो भनाई गत अक्टोबर एकमा छुट्टै राज्य बनाउने पक्षमा भएको जनमत संग्रहपछि भएको संविधान विरोधी कदम प्रति लक्षित थियो ।

क्याटलोनियाका सांसदहरुले स्वतन्त्र राज्यको घोषणा गरेपछि केन्द्रीय सरकारले तत्काल हस्तक्षेप गरी त्यहाँको संसद विघटन गरिदिएको थियो । आफैले संसद विघटन गरिदिएकाले बिहीबार केन्द्रीय सरकारले नै क्याटलोनियाको नयाँ संसदका लागि निर्वाचन गराएको हो ।

प्रधानमन्त्री राखोेइले भन्नुभयो, “सकारात्मक र व्यवहारिक वार्ता गर्न म सधै खुल्ला छु, तर मेरा पनि केही कानुनी सीमाहरु छन् ।” (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्