Logo

अल क्लासिको भिडन्त : बार्सिलोनाद्धारा रियल म्याड्रिड ३-० ले स्तब्ध



काठमाडौं, ८ पुस । अल क्लासिको भिडन्तमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–० ले हराएको छ। बार्सिलोनाका लागि लुइस सुवारेज, लियोनल मेसी र एलेक्स भिदालले गोल गरे।

रियलको मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा पुरै तीन गोल गरेको हो।

खेलको ५४औं मिनेटमा सर्जि रोबर्टोको पासमा लुइस सुवारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। इभान राकिटिकको पासमा सुआरेजले बार्सिलोनाका लागि पहिलो गोल गरेका हुन्।

रियलमाथि केही हाबी देखिएको बार्सिलोनाले ६४ मिनेटमा दोस्रो गोल गर्दै खेलको अग्रता दोब्बर पार्‍यो। पाउलिन्होको हेडिङ डिबक्स भित्र डिफेन्डर डानी कार्भाहलले ६२ मिनेटमा हातले रोकेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। जसलाई लिओनल मेसीले गोलमा परिणत गरे।

यसैबीच हातले बल रोकेको भन्दै डानीले रातो कार्ड पाएका छन्। म्याड्रिड ६२ मिनेटपछि १० खेलाडीमा सिमित भएको छ। त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा मेसीको पासमा भीडालले गोल गर्दै बार्सालाई ३-० को स्पष्ट जित दिलाए।

आजको जितसँगै बार्सिलोना साबिक विजेता रियल म्याड्रिड भन्दा १४ अंकले अगाडि छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको १७ खेलबाट ४५ अंक भएको छ। चौथो स्थानको रियलको १७ खेलबाट ३१ अंक मात्र छ। यस्तै ३६ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ। एक खेल कम खेलेको भ्यालेन्सिया ३४ अंकसहित तेस्रो स्थानमा छ।



प्रतिक्रिया दिनुहोस्