Logo

सिलवाललाई तत्काल पक्राउ गर्न प्रहरीले निर्देशन दिएकै हो त ?



९ पुस, काठमाण्डौ । नेपाल प्रहरीले पूर्वडिआइजी तथा सासंद नवराज सिलवालाई पक्राउ गर्ने भएको छ । किर्ते गरेको आरोपमा मुद्दा दायर भइसकेकाले प्रक्राउ गर्नुपर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।

प्रहरी प्रमुख प्रकाश अर्यालले सिलवाललाई पक्राउ गर्न निर्देशन दिइसकेको बताइएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्न लागिएको हो ।

मुद्दा दर्ता भइसकेकाले पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै अर्यालले पक्राउका लागि निर्देशन दिएको बुझिएको छ ।

प्रहरीले पूर्वडीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको हो ।
सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता भएको छ ।

सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । आदेश अनुसार सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।

त्यसमा पनि असन्तुष्ट सिलवाल फेरि सर्वोच्च गए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार र्गयो ।

आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ बाट चुनाव जितेर सासंद बनेका छन् । तर सासंद पदको सपथ ग्रहण नहुँदै उनीविरुद्ध अनुसन्धान सुरु भएको छ ।

उनी सांसद बन्न पाउँदा नपाउँदै सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक र्गयो, जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot