Logo

एकतापछि प्रधानमन्त्री र पार्टीको अध्यक्षता फरक/फरक व्यक्तिले गर्नुपर्छ’ : महरा



दाङ, ९ पुस : नेकपा माओवादीका नेता एवं विनाविभागीय मन्त्री कृष्णबहादुर महराले सरकार र पार्टीको नेतृत्वमा एउटै व्यक्ति नहुने बताएका छन्।

आइतबार बिहान दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ मा महराले सरकार र पार्टीको नेतृत्व फरक/फरक व्यक्तिले गर्ने बताएका हुन्। दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महराले एमाले र माओवादीबीच सम्मानजनक पार्टी एकता हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘सम्मानजनक रूपमा पार्टी एकता हुनेछ र त्यो एकतापछि प्रधानमन्त्री र पार्टीको अध्यक्षता फरक/फरक व्यक्तिले गर्नुपर्छ’ महराले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot