Logo

राष्ट्रपतिविरुद्ध नेपाल विद्यार्थी संघ सडकमा, राष्ट्रियसभा गठनसम्वन्धी विधेयक जारी गर्न माग



९ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेश रोकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सडकमा उत्रिएको छ ।

कांग्रेससम्बद्ध नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नतिजा मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए ।

राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको नेवि संघको आरोप छ ।

एमाले र माओवादी केन्द्रको दबाबमा राष्ट्रपतिले सरकारले पेस गरेको अध्यादेश रोक्नु असंवैधानिक भएको नेविसंघका केन्द्रिय सदस्य शुशील भट्टले बताए । राष्ट्रिय सभा गठन अध्यादेश स्वीकृत नभएसम्म आफूहरु चुप लागेर नबस्ने भट्टको भनाई थियो ।

नेविसंघ केन्द्रिय समितिको आयोजनामा भएको दबाबमुलक ¥यालीमार्फत अध्यादेश पास गर्न राष्ट्रपतिलाई आह्वान गरेको हो । नेविसंघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विश्वभाषा क्याम्पसबाट निस्किएको ¥यालीले शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

त्यसअवसरमा नेविसंघले देशलाई बन्धक बनाउन राष्टपति उद्धत रहेको आरो लगाएको छ । ¥यालीपछि आयोजित कोणसभालाई संबोधन गर्दै महामन्त्री काफ्लेले संविधानले राष्ट्रपतिलाई सेरोमोनियलको हैसियद दिएकोले त्यही अनुसार काम गर्न आग्रह गरे ।

सभालाई नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी साथै विद्यार्थी नेताहरु राजेश रौनियार, बलदेब तिमल्सिना युवराज पाण्डे, रत्नहरी ढुङ्गेल , डोजाङ शेर्पा , पिपिन अधिकारी, तुलसी आचार्य लयायतले संबोधन गन गरेका थिए ।

राष्टपतिको हस्तक्षपकारी कामहरु अझै नसच्चिए नेविसंघले अझ शसक्त आन्दोलन गर्दै जाने केन्द्रिय सदस्य भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्