Logo

रेशम चौधरीलाई पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने सर्वोच्चको ठहर, सांसद बन्ने बाटो रोकियो



९ पुस, काठमाण्डौ । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ ।
फरार रहेकै अवस्थामा चौधरीले राजपाबाट चुनाव जितेका जितेका थिए ।

फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए ।
चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् ।

सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्वत भएको फैसला सुनाएको छ ।

साथै आदेशमा कर्तव्य ज्यान मुद्धाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको समेत फैसलामा उल्लेख छ । सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुन सुकैबेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रवधान समेत स्मरण गराएको छ ।

‘अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।’ सर्वोच्चले भनेको छ ।
सर्वोच्चले अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ नलिएसम्म वैधानिक बन्न नसक्ने स्पष्ट पारेको छ । वैधानिक बन्नका लागि अदालत प्रक्रिया अपनाउनु पर्ने भए पनि निवेदक चौधरीले त्यसो नगरेको सर्वोच्चले उल्ल्ेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot