Logo

क्रिसमसका अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघद्धारा शुभकामना व्यक्त



९ पुस, काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले येशु ख्रीष्टको शुभजन्मोत्सव–२०७४ को अवसरमा शुभकामना व्यक्त गरेको छ । आइतबार रिपोर्टस क्बल नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले प्रभु येशु ख्रीष्टको शुभजन्मोत्सव अर्थात क्रिसमसका अवसरमा शुभकामना व्यक्त गरेको हो ।

क्रिश्चियनहरुको महान पर्व क्रिसमस भोली सोमबार विश्वभर मनाइदैछ । क्रिसमसको पूर्वसन्ध्यामा महासंघले येशूको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै, प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गर्ने सुनौलो अवसरको रुपमा लिन सबैमा आग्रह गरेको छ ।

येशू ख्रीष्टको शुभ जन्म दिनको खुसीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाउने गरिन्छ । पत्रकार सम्मलेनका अवसरमा महासंघका अध्यक्ष सि.वि. गहतराजले नेपाली ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई उत्सवको रुपमा विशेष महत्वका साथ विगत लामो समयदेखि मनाउँदै आएको उल्लेख गर्दै महासंघले नेपाली ख्रीष्टयन समुदाय तथा धेरै नेपालीहरुबाट ख्रीष्टमस मनाउने गरिएको दाबी गरे ।

राष्ट्रिय ख्रीष्टियान महासंघका अध्यक्ष सि.वि. गहतराज

२०६२-०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिन पौष १० ९म्भअ। द्दछ० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजानिक बिदा घोषणा गरेको छ ।

महासंघका महासचिव पदमनाथ पराजुलीले यो उपलब्धिलाई नै धर्मनिरपेक्षताको व्यवहारिक कार्यान्वयनको रुपमा लिइएको बताए ।

नेपालको ख्रीष्टियन इतिहासलाई हेर्दा ४०० वर्ष भन्दा पुरानो छ । राज्य धर्मनिरपेक्ष हुनु अघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई विशेष गरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाहरुभित्र नै मनाउँदै आएको थियो । हाल देशभर १२,००० भन्दा बढी चर्चहरु र ३० लाख भन्दा बढी ख्रीष्टियन

समुदाय रहेको छ । साथै विश्वभर करिब ११२ भन्दा बढी मुलुकहरुमा नेपालीभाषी चर्चहरु स्थापना भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्