Logo

भूकम्प पीडित महिलालाई न्यानो कपडा र खाद्यन्न वितरण



काठमाडौं ९ पौष । ‘ओमन एरा मिडिया ग्रुप नेपाल’ले भूकम्प पीडित एवम् एकल महिला आशामाया तण्डुकारलाई जाडोका न्यानो कपडा प्रदान गरेको छ ।

चन्द्रागिरी नगरपालिका बलम्बु, डम्बु निवासी ७३ वर्षीया आशामाया तण्डुकारलाई उनको जस्ता पातालेको बेरिएको छाप्रो पुगेर ओमन एरा मिडिया ग्रुप, नेपालले सिरक, डसना, ब्ल्याङ्केट, जुत्ता, स्वीटर, टाउजर उनको टोपी हस्तान्तरण गरेको हो ।

संस्थाले न्यानो कपडाको साथै १० केजी चामल, दाल, तेल, नुन, हर्लिक्स,चाउचाउ, विस्कुट, लुगाधुने साबुन, नुहाउने साबुनलगायतका समाग्रीहरु प्रदान गरेको थियो ।

पुरानो इँटा र टायलले छाएको काठको एक तले घर २०७२ बैशाख १२ गते आएको भुइँचालोले भत्ताकाईदिएपछि जस्तापाताले बेरेको छाप्रोमा आशमायाले वासको गुजरा गर्दै आएकी थिईन ।

न्यानो कपडा र खाद्यान्न सामाग्री वितरण गर्दै संस्थाकी अध्यक्ष प्रतिमा राईले विगत दुई वर्षदेखि आफ्नो संस्थाले गरीब, असहाय, निमुखा बृद्धबृद्धा, अनाथ बालबालिकालाई सहयोग गर्दै आएको जानकारी दिईन ।

न्यानो कपडा प्रदान कार्यक्रममा आगामी दिनहरुमा पनि संस्था अन्तर्गत गरीब दीन दुःखीहरुका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन,‘हाम्रो संस्थाले विगतदेखि विपन्नताको निम्ति काम गर्दै आएको छ, उहाँको जिन्दगी निक्कै कष्टकर देखेर हामीले यो सानो सहयोग गरेका हौ, राज्यले पनि यस्ता दुःखद वर्गहरुको उत्थानको लागि उचित व्यस्था गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्