Logo

संविधान संशोधन नभए पुनः आन्दोलन गछौँः नेता महतो



लहान, ९ पुस (रासस) : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने बताउनुभएको छ ।

लहानमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशी जनताले दिएको जनादेश स्वीकार गरी संविधान संशोधन गर्नुपर्छ, त्यसो हुन नसके हामी पुनः आन्दोलनमा जान बाध्य हुन्छौँ ।”

प्रदेश नं २ मधेश प्रदेश नामाकरण हुने दाबी गर्दै उहाँले चुनावमा तालमेल भएपनि २ नं प्रदेशको मुख्यमन्त्री राजपा वा संघीय समाजवादी फोरम नेपालमध्ये कसले पाउने भन्ने छलफल भइनसकेकोे महतोले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्