Logo

नवराज सिलवालले यस्तो आरोप लगाए प्रधानमन्त्री देउवा र प्रहरी प्रमुख प्रकाश अर्यालमाथि (भिडियोसहित)



१० पुस, काठमाण्डौ । नव निर्वाचित सासंद नवराज सिलवाले सरकारले आफूलाई फसाउनका लागि षडयन्त्र गरेको आरोप लगाएका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै पूर्व डिआइजि सिलवालले पुरै राज्यसत्ता नै आफूलाई फसाउन लागि परेको आरोप लगाए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नै आफूमाथि पूर्वाग्रही ढंगले प्रस्तुत भएको उनको दाबी थियो । आफूलाई दोषी प्रमाणित गरेर जेल हाल्नसमेत सिलवालले सरकारलाई चुनौति दिएका छन् ।

प्रहरीले सिलवालमाथि कीर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको छ । तर सिलवालले भने प्रहरीसँग नै जोडिएको विषयमा प्रहरीले नै गरेको अनुसन्धान निष्पक्षहुन नसक्ने भन्दै अरु कुनै निकायबाट छानबिन गर्नुपर्ने माग राखेका छन् ।

प्रहरी प्रमुख प्रकाश अर्याल र आफूसमेत मुछिएको मुद्दा भएकाले प्रहरीले छनविन गर्यो भने सत्य तथ्य नहुने सिलवालको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्