Logo

अध्यादेश जारी नगर्नुको मतलब संविधानको उल्लङ्घन गर्नु हो : राजपा नेता लाल



१० पुस, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता बृजेशचन्द्र लालले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्नुको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता लालले राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नुपर्नेमा जोड दिए ।

संविधानअनुसार चल्नुपर्ने विषयमा सहमति गर्नुपर्ने भन्दै अध्यादेश रोक्न नहुने उनले बताए । सहमतिका आधारमा अध्यादेश जारी गर्ने भन्ने कुरा संविधान विपरित हुने उनको तर्क छ ।

“अध्यादेश जारी नगर्नुको मतलब संविधानको उल्लङ्घन गर्नु हो । राष्ट्रपतिको जुन अलङ्कारिक अवस्था छ, त्यसबाट सक्रियतामा जान खोज्नु हो ।” उनले भने ।

राष्ट्रपतिले तुरुन्त अध्यादेश जारी गरेर संविधानको पालना गर्नुपर्ने सुझाब उनको छ । एकल संक्रमणीय मतका आधारमा राष्ट्रियसभा गठन गर्नु नै उचित हुने भएकाले अध्यादेश रोक्नुको कुन औचित्य नहुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्