Logo

युवाशक्ति बाहिरिनु शिक्षा क्षेत्रको असफलता : गुरुङ



मध्यनेपाल, लमजुङ, १० पुस रासस : प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङले युवाशक्ति बाहिरिनु देशको शिक्षा क्षेत्रको असफलता रहेको बताउनुभएको छ ।

आज लमजुङको मध्यनेपाल–१ जितास्थित सूर्यज्योति माविको ४३ औँ वार्षिकोत्सवमा उहाँले भन्नुभयो –“शिक्षा क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन हुन नसक्दा युवा बेरोजगार बन्नुपरेको छ ।”

“शिक्षा क्षेत्रबाट जति पनि जनशक्ति उत्पादन भएका छन्, ती बाहिरएका अवस्था छ”, नेता गुरुङले भन्नुभयो, “बेरोजगार बनेर लाखौँ युवा विदेशिएका छन्, यो स्थितिलाई आमूल परिवर्तन गरी शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने दिशामा लाग्न जरुरी छ ।”

उहाँले सामुदायिक विद्यालयमा राज्यको लगानी बढाउनुपर्ने र माविसम्मको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्नेमा जोड दिदैं प्राविधिक जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालयको स्थापनामा आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्