Logo

बैठकमा हानाहान भएपछि दुई कांग्रेस नेता आईसियूमा



काठमाडौं, ११ पुस । नेपाली कांग्रेस स्याङजाको बैठकमा आफ्नै नेताबाट कुटिएका दुई कांग्रेस नेताहरुको काठमाडौंस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका भेषराज अर्याल र कोमलराज ढकालको आईसियूमा उपचार भइरहेको छ।

निर्वाचनको समिक्षा बैठकमा उनीहरुमाथि कुटपिट भएको थियो। चुनावमा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई असहयोग गरेको भन्दै श्रेष्ठ निकट व्यक्तिहरुले उनीहरुमाथि कुटपिट गरेका थिए। घाइते अर्यााल र ढकाललाई सुरुमा गण्डकी मेडिकल कलेज पोखरामा भर्ना गरिएको थियो।

गम्भीर चोट लागेकाले गण्डकीले काठमाडौं रिफर गरेको हो।  गम्भीर घाइते भएका दुवै जनाको सिटिस्क्यान गरिएको र आईसियूमा राखेर उपचार भइरहेको बयोधा अस्पतालका निर्देशक रवि चौधरीले जानकारी दिए ।

घाइतेहरुले कुटपिट गर्नेहरुलाई ज्यान मार्ने उद्योग मुद्दामा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्याृलय स्याङजामा किटानी जाहेरी दिएका छन्। तर, प्रहरीले जाहेरी पनि दर्ता गरेको छैन भने कुटपिटमा संलग्नलाई पनि पक्राउ गरेको छैन।



प्रतिक्रिया दिनुहोस्