Logo

पाँच बर्षभित्र नाम र कामको नगरपालिका बनाएर छाड्ने : मेयर सापकोटा



कौरव खत्री, गुल्मी ११ पौष । गुल्मी मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले वडावासीबाट नाम मात्रको नगरवासी भएको तर अबको पाँच बर्षभित्र काम र नाम दुवैले नमूना नगरपालिका बनाएर छाड्ने दावी गनुभएको छ ।

आज मुसिकोट नगरपालिका वडा नं. १ को थामडाँडा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गदै मेयर सापकोटाले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर सापकोटाले अहिलेको समय राजनीतिक लडाई समाप्त भएको सबै पक्ष मिलेर देशको विकास र समृद्धिका लागि अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।

साथै मेयर सापकोटाले नगरले विकास निर्माणका पूर्वाधार अन्तर्गत मोटरबाटो, खानेपानी,विद्युत,शिक्षा सँगै स्वास्थ्य क्षेत्रलाई समेत जोड दिएर काम अगाडी बढाइएको समेत बताउनुभयो ।

साथै मेयर सापकोटाले आगामी पाँच बर्ष भित्र सबै वडावासीहरुले आभास गर्ने गरी विकासका पूर्वाधारहरुले सम्पन्न बनाउन आफू निरन्तर रुपमा अगाडी बढ्ने बताउनुभयो ।

साथै मेयर सापकोटाले आजैदेखि सरकारी स्वास्थ्यचौकी सरह उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य उपचारका सेवा तथा सुविधाहरु अब शहरी स्वास्थ्य केन्द्रबाटै स्वास्थ्य उपचारको सेवा सुविधा आफ्नै घरनजिकै आएकोले उक्क्त स्वास्थ्य केन्द्रबाट अधिकतम सेवा र सुविधा लिन स्थानीवासिन्दालाई आग्रह गनुभयो ।

उक्क्त स्थानमा स्वास्थ्य चौकी नहुदा सामान्य उपचारको लागि पनि टाढा टाढा गएर आफ्नो स्वास्थ्य उपचार गनुपर्ने बाध्यता रहेको अवस्थामा नगरपालिकाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत थामडाँडा शहरी स्वास्थ्य केन्द्रको स्थापनासँगै स्वास्थ्य उपचार सुरु गरिएको छ ।

यता आफ्नो घर नजिकै थामडाँडामा स्वास्थ्य केन्द्र मार्फत अब भने झण्डै ४ सय घरधुरीका स्थानीयबासिन्दाहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य उपचारको सेवा सुविधा पुग्ने सरस्वति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक भिमलाल घिमिरेले जानकारी दिनुभयो । हाल केन्द्रमा १ अहेव र १ अनमी गरि २ जना स्वास्थ्यकर्मीले सेवा दिने नगर जनस्वास्थ्य संयोजक ढाल बहादुरजिसीले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot