Logo

भाडा बढाउन नपाएको भन्दै सरकारसँग यातायात व्यवसायी रुष्ट, व्यवसायीले सरकारी कार्यक्रम बहिष्कार गर्ने



११ पुस, काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा नबढाइएको भन्दै यातायात व्यवसायीले सरकारी कार्यक्रम बहिष्कार गर्ने भएका छन् । भाडा बढाउन यातायात व्यवसायीले सरकारमाथि दबाव दिनका लागि यस्तो निर्णय गरेका हुन् । यातायात व्यवसायीले भाडा बढाउने विषयबाहेक अन्य सरकारी स्तरमा हुने सबै किसिमका छलफल, कार्यक्रम र बैठकमा सहभागिता नजनाउने उद्घोष गरेका हुन् ।

व्यावसायीले आगामी माघमा हुने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको महधिवेशन अघि नै भाडा बढाउन दबाब दिईरहेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भाडा नबढेसम्म सरकारले आयोजना गर्ने सबै कार्यक्रम र बैठक बहिस्कार गर्ने बताएका छन् ।
मंगलबार यातायात व्यवस्था विभागमा सार्वजनिक सवारीमा बालश्रमिक प्रयोग रोक्नेबारे भएको छलफल कार्यक्रममा पुगेका सिटौलाले आफ्ना कुरा राखेलगत्तै कार्यक्रम बहिष्कार गरेका थिए ।

बैठकमा सार्वजनिक यातायातले गाडीमा गीत बजाएबापत संगीत रोयल्टी तिर्ने विषयमा पनि छलफल गर्ने तय भएको थियो । तर, बैठकको सुरुवातमै बोलेका सिटौलाले सरकारले भाडा नबढाएर व्यवसायीलाई मर्कामा पारेको र लाइसेन्सको वितरण प्रभावकारी नहुँदा समस्या बढेको भन्दै उल्टै रोयल्टी लगायतका शुल्क थप्न लागिपरेको भन्दै आपत्ति पनि जनाए ।

व्यवसायीले सार्वजनिक यातायातमा कन्डक्टरका रुपमा रहेका बाल श्रमिक हटाउनेजस्तो महत्वपूर्णमा मुद्दालाई भाडा बढाउने अडानमा लगेर बार्गे्निङ थालेका छन् । काठमाडौंमा झण्डै ४ सय बालश्रमिकरु सार्वजनिक सवारीमा काम गरिरहेको तथ्यांक सरकारसँग छ ।

सिटौला निस्किएपछि विभागमा महानिर्देशक रुपनारायण भट्टराईले यायातयात क्षेत्रमा सचेतनाको अभियानले काम नगर्ने भन्दै बालश्रमिक राख्ने व्यवसायीलाई ‘डण्डा’ नै चलाउनुपर्ने बताए ।

उनले व्यवसायीले आफ्नो नाफा हुने पक्षमा मात्रै बबोल्ने भन्दै सरकारले आफ्नो काननु पालना गराउने दायित्व बमोजिम काम गर्नुर्पे बताए ।

उनले भाडा समायोजनको अडान राख्दै व्यवसायीले सरकारलाई झुकाउन खोजेको टिप्पणी पनि गरे ।

व्यवसायीले अहिले आफूहरुसँग सरकारले गरेको पूर्वसमहति अनुसार भाडा समायोजन नगरेसम्म संगीत रोयल्टीका बारेमा पनि छलफल नगर्ने अडान लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्