Logo

चीनको लगानीमा औद्योगिक उद्यान बन्दै



दमक, १३ पुस (रासस) : झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीको एक टोलीले आज स्थलगत अवलोकन गरेको छ ।

औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोलीले दिनभर औद्योगिक क्षेत्र स्थलगत अध्ययन गर्नाका साथै सरोकार भएकाहरुसँग अन्तरक्रियासमेत गरेको छ । ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको अध्ययन टोलीले चीन नेपाल यइ इन्डस्ट्रियल पार्क निर्माणको समझदारीपत्रबारे स्थानीय सरोकार भएका पक्ष र नगरपालिकाका प्रतिनिधिसँग छलफल गरेको औद्योगिक उद्यानका अध्यक्ष गोविन्द थापाले जानकारी दिनुभयो ।

यसअघि बिहान टोलीलाई दमक नगरपालिकाले आयोजना गरेको
स्वागत कार्यक्रममा लिउले दमकमा स्थापना हुने औद्योगिक क्षेत्रमार्फत नेपालको आर्थिक क्रान्तिलाई सघाउ पु¥याउन चीन सरकार इच्छुक रहेको बताउनुभयो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्र निर्माणले तीव्रता पाउने बताउनुभयो । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले चीन सरकारले रु तीन खर्ब ३३ अर्बको लगानीमा औद्योगिक उद्यान बनाइदिनेसम्बन्धी सम्झौता यसअघि नै भइसकेको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्