Logo

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, प्रदेशसभातर्फ समानुपातिक विजेताको नाम टुङ्गो लगाइने



१४ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा.प्रकासशरण महतले आज बस्ने कार्यसम्पादन समितिको बैठकले प्रदेशसभातर्फ समानुपालिक सासंदको नाम तय गर्ने जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता महतले सबै प्रदेशका समानुपातिक सासंदको नाम निर्वाचन अयोगलाई बुझाइने बताए ।

यसअघि आयोगलाई बुझाएको बन्दसूचिअनुसार नै सासंदको नाम छनौट गरिने महतको दाबी छ । निर्वाचन आयोगले बन्दसुचि अनुसार नै नाम छनौट गर्नुपर्ने व्यवस्था गरेकाले अन्यथा गर्न सक्ने अवस्था नरहेको उनले बताए ।

यद्यपी नेताहरुले आफूअनुसार नाम छनौट गर्ने प्रयास भने गरिरहेको उनले खुलासा गरेका छन् ।
आ–आफ्ना रोजाईका व्यक्ति भए पनि अहिले विवाद भने नआउने उनको दाबी छ । यसअघि आयोगलाई बन्द सुचि बुझाउने बेलामा नै सहमति भइसकेकाले अहिले समस्या नआउने महतले बताए ।

प्रदेशसभाको समानुपातिकमा कांग्रेसले ७२ सिट पाउने भए पनि उसले यसको टुंगो लगाएको छैन । निर्वाचन आयोगले यी सिटहरुका लागि नाम सिफारिस गरेर पठाउन आजसम्मको समयसीमा दिएपछि कांग्रेस दबाबमा परेको छ ।

चुनावी समिक्षाका लागि अर्कोपटक वृहत बैठक बसिने महतले बताएका छन् । पार्टीको पराजयको कारण सभापति शेरबहादुर देउवा मात्रै नभएको बताउँदै उनले आगामी दिनमा पार्टीलाई सशक्त रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
फरक प्रसङ्गमा नेता महतले राष्ट्रपतिले जतिसक्दो चाँडो राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्नुपर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्