Logo

अन्तत एमाले आफ्नो अडानमा लचिलो भएपछि राष्ट्रपतिद्धारा अध्यादेश जारी



१४ पुस, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छिन् । आज विहान प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

लगत्तै प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि भेटेर अध्यादेश जारी गर्नका लागि सहमत हुन आग्रह गरेका थिए ।
अध्यादेश प्रमाणिकरण गरेसँग पछिल्लो समय भइरहेको राजनीतिक गतिरोधको अन्त्य भएको छ ।

अध्यादेश जारी गर्दै राष्ट्रपति भण्डारीले अब दलहरुबिच विवाद आउन नहुनेमा जोड दिएकी थिइन् ।
एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो । कांग्रेस नेतृृत्वको सरकारले

एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो ।

तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध गर्‍यो । अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन ।

तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको छ ।

अब सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नेछ ।



प्रतिक्रिया दिनुहोस्