Logo

अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको ओलीको आरोप



काठमाडौं, १४ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन् ।

नेपाल पर्वतारोहण संघको २७औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताए ।

सिटकै लागि असंवैधानिक तारिकाले राष्ट्रपतिलाई दबाब सर्जना गरेर अध्यादेश पास गराईएको ओलीको भनाई छ । मिडियाले पनि राष्ट्रपतिसँग भेट गरेपछि अध्यादेश स्वीकृत भएको भनेर हल्ला फिँजाएको भन्दै उहाले आफु शितल निबास नगएको स्पष्ट पारे । उनले कांग्रेसहरुले पटक पटक आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए ।

नाकाबन्दीका बेला पनि छिमेकी सम्बन्धन बिगारेको आरोप लगाएको भन्दै उनले भारतसँगको सम्बन्ध पनि आफू नेतृत्वकै सरकारले प्रगाढ बनाएको दाबी गरे ।
अध्यक्ष ओलीले एमालेलाई जालझेल गरेर जितेको आरोप लगाउने गरेको भन्दै एमाले झ्यालबाट नभई हाइवेबाट यहासम्म आईपुगेको धारणा पनि राखे ।



प्रतिक्रिया दिनुहोस्