Logo

प्रक्रियाअनुसार राष्ट्रियसभाको चुनाव सकेर कांग्रेसले सरकार छोड्छ : कानुनमन्त्री थापा



१५ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा कानुनमन्त्री यज्ञबहादुर थापाले अब राष्ट्रियसभाको चनुाव गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री थापाले राष्ट्रपतिद्धारा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेकाले अब निर्वाचन गर्नुपर्ने बताए ।
राजनीतिक स्थिती समान्य अवस्थामा गएको भन्दै मन्त्री थापाले अब संविधानअनुसार राष्ट्रियसभाको चुनाव र नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने बताए ।
राष्ट्रियसभाको चुनाव नभै संघीय संसदले पूर्णता नपाउने भन्दै उनले नयाँ सरकार गठनका लागि राष्ट्रियसभाको चुनाव अनिवार्य भएको जिकिर गरे ।
“हेर्दै जानुहोला, राष्ट्रियसभाको निर्वाचन हुनै पर्छ । नभैकन संघीय संसदले पूर्णता पाउँदैन ।” थापाले भने ।
संविधानले उल्लेख गरेअनुसारको प्रक्रिया गर्नुपर्ने विषयलाई कांग्रेसको अडानको रुपमा बुझ्नु गलत भएको उनको भनाई छ ।
लोकतन्त्रमा हारजित हुने र प्रधानमन्त्रीले सत्ता छोड्ने कुरा सामान्य भएको भन्दै उनले कांग्रेसले सत्ता लम्ब्याउन खोजेको नभै संविधानअनुसार प्रक्रिया पूरा गरेर सरकार छोड्न लागेको बताए ।
कांग्रेसले संविधानअनुसार काम गरिरहेको कुरा सबैल बुझ्ने दाबी गर्दै उनले आफूहरु सत्ताका लागि नभै संवैधानिक प्रक्रिया पूरा गर्नतिर केन्द्रित भएको बताए ।

निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न नपाउँदै नयाँ सरका गठन गर्न एमाले हतारिएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्