Logo

हाम्राे युद्ध पनि शान्तिका लागि थियाे, अहिले हामी त्यही संकल्पमा छौं : प्रचण्ड



पुस १५, ललितपुर। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएकाे बताउनु भएकाे छ।

शुक्रबार ब्रह्माकुमारी राजयाेग सेवा केन्द्रले अायाेजना गरेकाे कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “हामीले जनताकाे बीचमा स्थिरताकाे प्रतिवद्दता व्यक्त गरेका छौं, विकासकाे प्रतिवद्दता गरेका छौं। त्यसलाई मैले शान्ति, सुशासन र समृद्धिका रुपमा परिभाषित गर्दै अाएकाे छु।

निर्वाचनमा हामीले जनताका बीचमा जे-जस्ता प्रतिवद्दता व्यक्त गरेका छौं, संकल्प गरेका छौं, त्यसलाई पूरा गर्छौं। अब देश शान्ति, सुशासन र समृद्धिकाे यात्रामा अघि बढाउँछौं।”

“कतिपयलाई लाग्छ पनि हाेला, युद्धको नेतृत्व गरेकाे मान्छेले शान्तिकाे कुरा गर्छ। जसले युद्धको नेतृत्व गरेकाे हुन्छ, त्यसलाई नै शान्तिकाे महत्व सबैभन्दा बढी थाहा हुन्छ” प्रचण्डले भन्नुभयाे, “अशाेका पहिले युद्धका कमाण्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धकाे सन्देश विश्वभर फैलाए। हाम्राे युद्ध पनि शान्तिका लागि थियाे, सुशासनका लागि थियाे, विकासका लागि थियाे। अहिले हामी त्यही संकल्पमा छौं।”



प्रतिक्रिया दिनुहोस्