Logo

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो



दमास्कस, १६ पुस : सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ ।

ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृतगर्दै समाचार संस्था सानाले जनाएको छ ।

ती शव भेटिएको घटनास्थल इस्लामिक स्टेटका लडाकूले केही वर्षअघिदेखि नै आफ्नो नियन्त्रणमा लिएको सहर हो । उनीहरुलाई सन् २०१४ को मध्यतिर मिब्डी अफ्नान नजिकैको ठाँउमा आईएस लडाकूहरुले मारेको सानाले लेखेको छ । सवै शवलाई लडाकूहरुले एकै रातमा जमिनमा पुरेर छाडेका थिए ।

सानाले जनाएअनुसार अर्को आम चिहानबाट पनि शवहरु बाहिर निकालिएको छ । तर त्यसलाई सार्वजनिक गर्ने कार्य भने तयारी अवस्थामै रहेको छ ।सिरियाली सेनाले गत जुलाईमा डिब्सी अफ्नान र अरु क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिएको थियो ।

त्यसअगाडि अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्र्याटीक फोर्सले अक्टोबरमा रक्काको राजधानी कब्जामा लिएको थियो । आईएस लडाकूहरुले आफ्नो बलियो प्रभाव रहेको मानिएको पुर्वी प्रान्त डैर अल जौरमा पनि प्रभाव गुमाएको छ ।(रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्