Logo

जनादेशको सम्मान गर्न पोख्रेलको आग्रह



तुलसीपुर, दाङ, १६ पुस : नेकपा (एमाले)का नेता तथा दाङ क्षेत्र नं २ (क)बाट प्रदेशसभा सदस्यमा विजयी शंकर पोख्रेलले वर्तमान सरकारले जनताको जनादेशलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन तुलसीपुरले आज जिल्लाबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा निर्वाचितका लागि आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पोख्रेलले जनताको जनादेशलाई कदर गरी पदबाट राजिनामा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

दाङ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य इन्द्रजीत थारूलगायतले आफूहरुले निर्वाचनका क्रममा जनतालाई दिएका आश्वासन पूरा गरेर छाड्ने बताएका थिए ।(रासस)



प्रतिक्रिया दिनुहोस्