Logo

समानुपातिक उम्मेदवारको सुचीमा दलहरुको मनपरी, छानबिन गर्दै निर्वाचन आयोग



१७ पुस, काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सुचीमा त्रुटी रहेको जनाउँदै त्यसको छानविन शुरु गरेको छ ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनुभएको समानुपातिक निर्वाचन कार्यालयले त्यसको छानविन गरेको हो ।

’आयोगले उम्मेदवारको नामावली क्रमसुचीअनुसार छरछैन, समानुपातिक कलस्टरअनुसार छ कि छैन भनेर छानविन गरिरहेको छ’, आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

आयोगले छानविन कार्य सकेर त्यसलाई सच्याएर ल्याउन आईतबार नै पत्र लेख्न तयारी गरेको थियो ।
आजको नेपाल समाचारपत्रमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्