Logo

माधव नेपालको अडान : ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष



काठमाडौं, १७ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रवीच पार्टी एकताको लागि एमाले बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ सूत्र अघि सारेका छन्। स्रोतका अनुसार नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष दिनुपर्ने र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

पदीय व्यवस्थापन कसरी गर्ने भन्नेबारे कुनै सहमति नभएकोले एकता संयोजन समितिको बैठक समेत बस्न सकेको थिएन् । पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले–माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् ।

दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आ(आफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् ।

आसन्न वाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष ओली बन्ने करिब सहमति भए पनि पार्टी एकतापछि माओवादी अध्यक्ष दाहाललाई अध्यक्ष स्विकार्न एमाले नेताहरुले खासगरी ओली पक्षीय नेताहरुले आनाकानी गरेकोले एकतामा समस्या उत्पन्न भएको हो । त्यस्तै पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाललगायत नेताको व्यवस्थापनका विषयमा गठबन्धनले ठोस निर्णय लिइसकेको छैन ।

दुवै पार्टीका अध्यक्ष कार्यकारी भूमिकामा रहने बताइए पनि अहिलेसम्म त्यस्तो मोडालिटीको ठोस खाका तयार भने भइसकेको छैन । समान कार्यकारी भूमिकामा रहने ‘भद्र सहमति’ सहित पार्टी एकताको घोषणा गरिएको छ तर त्यस्तो भूमिकाको व्यवस्थापन मिलाउन नेताबीच गृहकार्य जारी छ ।



प्रतिक्रिया दिनुहोस्