Logo

बिरामी नेता शेर्पासँग अध्यक्ष प्रचण्डको भेट



पुस १७, काठमाडौं । अघिल्लो साता मुटुको अप्रेसन गरेर घरमै आराम गरी रहनुभएका माओवादी केन्द्रका नेता पासाङ शेर्पालाई अध्यक्ष प्रचण्डले भेट गर्नुभएको छ ।

सोमबार बिहान नेता शेर्पाको निवास काठमाडौं–६, भङ्गालमा पुगी अध्यक्ष प्रचण्डले भेट गर्नुभएको हो । भेटमा अध्यक्षले नेता शेर्पाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।
पुस ७ गते टिचिङ अस्पतालमा मुटुको शल्यक्रिया गर्नुभएका शेर्पा घरमै आराम गरी रहनुभएको छ ।

शेर्पासँगको भेटमा माओवादी केन्द्रका नेता मात्रिका यादवसमेत हुनुहुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्