Logo

देउवा सरकार देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा छ : ओली



काठमाडौं, १७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार देशी तथा विदेशी शक्तिहरुको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको आरोप लगाएका छन् ।

इस्वी संवतको नयाँ वर्ष २०१८ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले निर्वाचनमार्फत् वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपनि जनमत गुमाइसकेको वर्तमान सरकार सत्ता लम्ब्याउने र अझै पनि देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा रहेको बताएका हुन्।

‘देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जेजस्तो प्रयास भइरहेको छ, त्यो हामीलाई सह्य छैन,’ ओलीको शुभकामना सन्देशमा भनिएको छ।
ओलीले सन् २०१७ मा नेपालको राजनीति संक्रमण समाप्त भएको उल्लेख गर्दै यही वर्ष नेपालको न्यायापालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्र्याउन असफल प्रयास पनि भएको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot