Logo

निरन्तर ओरालो लागेको नेप्से एकै दिन ४४ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट



१७ पुस, काठमाण्डौ । झण्डै एक महिनासम्म लगातार ओरालो लागेको शेयरबजारमा आज भने उल्लेख्य सुधार भएको छ । कारोबार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक बन्द हुँदासम्म ४४ दशमलब दुई दुई अंकले बढेको छ ।

समग्रमा तीन दशमलब एक आठ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ९ दशमलब दुई शुन्य अंकले बढ्यो ।

सोमबार १ सय ६३ कम्पनीको ४९ करोड ४३ लाख १७ हजार २ सय ११ रुपैयाँको शेयर खरिदविक्री भएको छ । आइतबार १५८ कम्पनीका १८ लाख २५ हजार १ सय ८२ कित्ता शेयर खरिद बिक्रिबाट ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपियाँको कारोबार भएको थियो ।

करोबार भएका १० समुहमध्ये अन्य समुहको परिसुचक मात्रै घटेको छ । सोमबार सबैभन्दा बिमा समुहको २ सय ७० दशमलब आठ अंकले परिसुकच बढेको छ ।

अन्य समुहहरुमा वाणिज्य बैँकको ४२ दशमलब पाँच दुई, व्यापार २ दशमलब आठ सात, होटल एक सय ११ दशमलब पाँच सात र विकास बैँकको ४५ अंकले बढेको छ ।

त्यसैगरी जलविद्युत समुहको ५९ दशमबल आठ, फाइनान्स १३ दशमलब दुई छ, उत्पादन तथा प्रशोधन २५ दशमलब तीन दुई र माइक्रोफाइनान्सको ६९ दशमलब चार सात अंकले बढेको छ । अन्य समुहको भने शुन्य दशमलब आठ सात अंकले घटेको छ ।।



प्रतिक्रिया दिनुहोस्